
जीवनराज दाहाल
बर्दिवास । बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानले २०८२ साल वैशाख १३ गते शनिबारका दिन ६९औँ शृङ्खला कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा बर्दिवास बोर्डिङ स्कुलको हलमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी नव प्रतिभा प्रतिमा पौडेलले गरेकी थिइन् भने उपस्थित सम्पूर्ण अतिथिलाई प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा विभिन्न अतिथिहरूले आ-आफ्ना रचनावाचन र शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्तव्य दिने विशिष्ट अतिथिहरूमा मगही भाषा अभियन्ता तथा साहित्यप्रेमी नवल किशोर महतो, साहित्य तथा शिक्षा प्रेमी जय जोशी, जनता साहित्यिक मञ्च गौरीडाँडाका सचिव दिलिसा कार्की र कोषाध्यक्ष रितु गिरी, शिक्षिकाहरू ईश्वरी बराल र ऐश्वर्य श्रेष्ठ, सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद काफ्ले, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालका केन्द्रीय सदस्य विमला वि.क, साहित्यप्रेमी बोधराज दहाल र अखिल नेपाल लेखक सङ्घ (अनेलेस) का केन्द्रीय सचिव जीवनस्पर्शी रहेका थिए ।
कार्यक्रममा विभिन्न लयका कविता, गीत र गजलहरू वाचन गरिएको थियो । रचनावाचन गर्ने विद्यार्थी स्रष्टाहरूमा सुदर्शन महतो, सृष्टि ठाकुर, माएङ्क महतो, रोचक श्रेष्ठ, सिद्धार्थ साह, युवराज यादव, सुभाष मण्डल, उमा खड्का, दीपक बस्नेत, बिराज महतो, अमित महतो, मयंक राउत, सञ्जिता श्रेष्ठ, युनिषा श्रेष्ठ, मधु महतो, रेनुका मगर, अर्चना महतो, रिया रायमाझी, प्राप्ति सुवेदी, आदित्य यादव, सारिका गौतम, रिया गुप्ता, मिसुजा ठकुरी, अनुष्का खड्का र सदीक्षा खड्का रहेका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६९औँ शृङ्खलामा सहभागिता जनाई कार्यक्रम भव्य र सभ्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गरे । साथै, आउँदा दिनहरूमा पनि यस्तै साथ, समर्थन र उपस्थिति रहने विश्वास व्यक्त गर्दै, साना विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि विकास गराई साहित्य लेखनमा सक्रिय बनाउने प्रतिष्ठानको उद्देश्य रहेको र त्यसअनुसार मासिक शृङ्खला नियमित रुपमा सञ्चालन भइरहेको जानकारी गराएका थिए ।