
महोत्तरीको मटिहानी मा जम्मू कास्मिरको पहलगाममा भएको आतंकवादी हमलामा मृत्यूवरण गरेको नेपाली नागरिक सुदिप न्योपाने सहित कुल २६ जना प्रति समरस नेपाल श्रद्धाञ्जली अर्पण कार्यक्रम गर्दै पाकिस्तान समर्थित आतंकवादको बिरोधमा नारावाजी गरेको छ।

समरस नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सयभन्दा अधिक व्यक्तिहरूको सहभागिता रह्यो। समरस नेपालका अध्यक्ष चन्दन दुबेले सुदिप न्योपानेलाई राष्ट्रिय शहीद घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ। त्यसैगरि, सरकारले सुदीप न्योपानेको हत्याको सन्दर्भमा काठमाडौं स्थित पाकिस्तानी राजदुतावाससँग स्पष्टीकरण माग्न अध्यक्ष दुबेले सरकारलाई सुझाव दिए।

