
सर्लाहीको चन्द्रनगरमा भारत सरकारको सहयोगमा नेपाल–भारत महिला मैत्री समाज द्वारा ह्वील चेयर वितरण गरिएको छ। आज वडा नं २ स्थित पर्ती बजारमा चन्द्रनगरका अपाङ्गता भएको व्यक्तिलाई प्रथम ह्वील चेयर वितरण गरिएको हो । चन्द्रनगर गाउँपालिका वडा नं १ देखि ७ सम्मका २० जना अपाङ्गता भएको व्यक्तिलाई ह्वील चेयर वितरण गरिएको छ ।
वडा नं. ४ निवासी मन्दी देवी माझीले आफ्नो श्रीमानको लागि ह्वील चेयर लिन पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । उहाँले आयोजक नेपाल–भारत महिला मैत्री समाज तथा साँसद चौधरीलाई सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो । वडा नं. ४ कै अर्का महिला भकानिएर भन्नुुभयो , आज सम्म चन्द्रनगरमा कसैले पनि ह्वील चेयर वितरण गरेको थिएन तर आज भारत सरकारको सहयोगमा छोरीको लागि ह्वील चेयर लिन पाउँदा खुसी लागेको छ ।

अपाङ्गता भएका प्रदिप धामीले नेपाल–भारत महिला मैत्री समाज र भारत सरकारले आफुहरुको लागि ठुलो गुण लगाएको बताउनुभयो । वडा नं. ३ सिकिन्द्र महतोले नेपाल–भारत महिला मैत्री समाजको आयोजना तथा भारत सरको सहयोग र प्रतिनिधि सभा सदस्य चन्दा चौधरीको पहलमा ह्वील चेयर वितरण हुने आफुले समाजिक सञ्जालमा हेरेर आज आए र ह्वील चेयर प्राप्त गरे । अब ह्वील चेयरको मदतले आफैले पनि हिडडुल गर्न सक्ने महतोले बताउनुुभयो ।
प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले राजनीति र समाजसेवा एक अर्का सँग मिल्दो विषय हो । राजनीति गर्नेले नै समाजसेवा गर्नुपर्नेमा उहाले जोड दिनुभयो । आफु विगत लामो समय देखि नै राजनीति र समाज सेवामा निरन्तर लागिपरेको बताउनुभयो । उहाँले आफु बाचुनजेल समाजसेवा गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सांसद चौधरी एक होनहार राजनीतिज्ञ र समाजसेवी भएको बताउनुभयो । उहाले चन्द्रनगरको हरेक विकास निर्माणमा साँसद चौधरीले सकारात्मक चासो राख्ने गरेको र सहयोग गर्ने गरेको बताउनुभयो।
ह्वील चेयर प्रतिनिधि सभा सदस्य चन्दा चौधरी,नेपाल–भारत महिला मैत्री समाज काठमाडौंका उपाध्यक्ष राधा कुमारी कायस्थ, र गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत समाजसेवी र अन्य जनप्रतिनिधि हरुले वितरण गर्नुभएको छ ।
