
महोत्तरी - डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८२ बैशाख १६ गते बलात्कार घटनाकि पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
पीडित परिवारलाई आर्थिक सहयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरिएको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो । पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।
बिश्वकर्माका अनुसार इन्सेक महोत्तरीको पहलमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोविरुद्ध ०८१ चैत ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको छ ।
आरोपित महतोले हाल सम्म पनि फरार रहेको र खोजि गरिरहेको इन्स्पेक्तर अशोक झाले बताउनु भएको छ ।