जनकपुर। नेपाल मगर संघ,मधेश प्रदेश समितिले आज बर्दिबास उधोग बाणिज्य संघको सभा हलमा सम्मान तथा अभिनन्दन कार्यक्रमको आयोजना गरि गौशाला नगरपालिकाका मेयर डा.दिपेन्द्र कुमार महत्तोलाई सम्मान गरेको छ।
उक्त कार्यक्रममा बोल्दै नेपाल मगर संघ मधेश प्रदेशका अध्यक्ष रुद्र बुर्जा मगरले मधेशमा पनि एउटा मगरको छोराले यति सम्मान पाउला र गौशाला हुलाकी मार्गको नामाकरण नै गोरे बाहादुर खपांगी मार्ग होला भन्ने कल्पनापनि न गरेको काम गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र कुमार महत्तोले गरि दिनु भएकोमा उहालाई नेपाल मगर संघ,मधेश प्रदेश समितिको तर्फबाट उच्च सम्मानको साथ अभिनन्दन गर्न पाउदा आज निकै गर्ववान्वित महसुस भएको बताएका छन्।



कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिकाका मेयर दिपेन्द्र कुमार महत्तोले यस सम्मानको लागि नेपाल मगर संघ,मधेश प्रदेश समिति प्रती आभार व्यत्त गर्नुका साथै गोरे बाहादुर खपांगीले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै यो कदम गौशाला नगरपालिकाले चालेको समेत बताएका थिए।




