
महोत्तरी - नेपाल प्रेस युनियन महोत्तरीले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ।
“नेपाल प्रेस यूनियनको अभियान, भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मान जनक पहिचान ” भन्ने नाराका साथ मनाइँदै गरेको स्थापना दिवसको सन्दर्भमा युनियनले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरूसँग भेटघाट गर्दै फलफुल वितरण गरेको हो।
कार्यक्रममा नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष कुमार सिंहले भने, ूपत्रकारिता केवल समाचार संकलनमा सीमित छैन, समाजप्रतिको उत्तरदायित्व पनि पत्रकारिताको महत्वपूर्ण अङ्ग हो। हामीले स्थापना दिवसलाई मानव सेवामूलक कार्यक्रममार्फत सुरु गर्न पाउँदा सन्तुष्ट छौं ।
यस अवसरमा महोत्तरीका वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी रबीन्द्र उप्रेती, वरिष्ठ पत्रकार कमलेश मण्डल तथा प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सक डा। कृष्ण कुमार पंजियारले संयुक्त रुपमा बिरामीहरूलाई फलफुल हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा पत्रकारहरू, स्थानीय बुद्धिजीवी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक टोलीका अनुसार स्थापना सप्ताहभर विभिन्न सामाजिक तथा पेशागत गतिविधिहरू आयोजना गरिनेछ।
यस कार्यक्रममार्फत प्रेस युनियनले पत्रकारितालाई मात्र नभई मानवताको सेवामा पनि अग्रसर रहनुपर्ने सन्देश दिएको छ।


















