
जनकपुरधाम-प्रधानमन्त्री केपि शर्मा ओली मधेशको राजधानी जनकपुरधाममा भोली ६४ वटा पक्की सडकहरुको एकै पटक शिलान्यास गर्ने बताइएको छ । मधेश प्रदेश सरकारको भौतीक पुर्वाधा विकास मन्त्रालयले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री ओली भोली जनकपुरधामको निधी भवनमा डिजिटल प्रविधीबाट एकै पटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक÷एक सडक गरि ६४ सडकको शिलान्यास गर्न लागेको बताएको छ ।
३ सय २० किलोमिटर सडक निर्माणका लागि तिन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुबर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत भइसकेर कार्यान्वयमा रहेकाले शिलान्यास गर्न लागिएको बताइएको छ । ५.५ मिटर चौडा सो सबै सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ ।
त्यसै गरि मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ कि.मी. कालोपत्रे सडक निर्माण, ३ सय २६ कि.मी. बृहत सडक मर्मत र एक हजार कि.मी. सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ ।
प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको मन्त्री यादवले बताए । मन्त्री यादवले प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्व दलिय सहमति अनुसार कार्यक्रम गर्न लागेको समेत बताएका छन् ।