लालबन्दी : सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा रहेको एक पानी फ्याक्ट्रीमा बिहीबार राती विद्युत् सर्ट भएर आगलागी भएको छ ।
स्थानीय रामबाबु साहले सञ्चालन गरेको राजश्री प्रोडक्ट पानी फ्याक्ट्रीमा आगलागी भएको हो ।
विद्युत्को तार सर्ट भइ आगलागी हुँदा तीनवटा मेसिन जल्दा २० लाख रुपियाँ र नगद तीन लाख ३० हजार रुपियाँ समेत जल्दा २३ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
बिहीबार राती ११:१५ बजेतिर सुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीपछि पानी फ्याक्ट्री बन्द भएको छ ।