
जनकपुरधाम - सप्तकोशी नदीमा विपदको तयारीको लागि पूर्व अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर बेपत्ता भएका छन् ।
दिउँसो करिब ३ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ अन्तर्गत कोशी ब्यारेजको ढोका नम्बर ५५-५६ आसपासको क्षेत्रमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
बेपत्ता दुबैजनाको खोजी भइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म उनीहरु फेला परेका छैनन् ।
यसैबीच बेपता भएका गोताखोर खोजीको क्रममा एक जना पुरुषको शव समेत बरामद भएको । शवको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।