
सुजाता राई
विराटनगर । इलाममा शिव अधिकारी ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाजको गठन भएको छ ।
मिति २०८२ जेठ २४ गते साहित्यकार प्रकाश थाम्सुहाड.को अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले ९ सदस्यीय बुढ्यौली साहित्य समाज इलाम शाखा गठन गरेको हो।
समितिमा अध्यक्ष- शिव अधिकारी ‘इलामे जेठो’, उपाध्यक्ष- रविमान लम्जेल, सचिव- पवित्रा घिमिरे, कोषाध्यक्ष- जमुना लामिछाने, सदस्यहरू- प्रकाश थाम्सुहाड., धर्म भण्डारी, तुलाराम पुरी, छिकिन तामाड., चन्द्रवीर खत्री रहेका छन् ।
यस भेलामा इलामका अग्रज साहित्यकारहरू जयनारायण भट्टराई, देवी गौतम, विमल वैद्य, टिका घिमिरे, नगर प्रमुख केदार थापा, तोयानाथ भट्टराई, युद्धप्रसाद वैद्य आदि श्रद्धेय महानुभावहरू लगायत साहित्यकारहरूको बाक्लो समुपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले बुढ्यौली साहित्यको परिचय दिदै यसको उद्देश्य र महत्वको बारेमा चर्चा गरे भने नव गठित समितिका अध्यक्ष शिव अधिकारीले सबैको साथसहयोगमा बुढ्यौली साहित्यको मर्मअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।