धनुषा । एकिकृत अखिल नेपाल शिक्षक संगठन बटेश्वर धनुषाको अध्यक्षमा शिक्षक दिपेन्द्र प्रसाद सिंह सर्वसम्मत चयन भएका छन् । संगठनको बटेश्वर गाउँपालिकास्तरिय विशेष बैठकबाट शिक्षक सिंहको अध्यक्षतामा १७ सदस्यीय पालिकास्तरिय समिति सर्वसम्मत चयन गरेको हो ।
संगठनका अध्यक्ष प्रमोदशरण केवटको नेपाल शिक्षक महासंघ धनुषाको सहअध्यक्षमा चयन भएपछि विशेष बैठकबाट सिंहलाई अध्यक्षमा चयन गरेको हो । सोमबार संगठनका अध्यक्ष प्रमोदशरण केवटको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तारा देवी महतोको प्रमुख आतिथ्यतामा आयोजित विशेष बैठकमा संगठनका केन्द्रिय उपमहासचिव समेत रहेका नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश राय, संगठनका प्रदेश अर्थसचिव रामवृक्ष महतो, संगठनका धनुषा जिल्ला अध्यक्ष धर्मेन्द्र कुमार यादव, नेकपा माओवादी केन्द्रका बटेश्वर गाउँपालिका अध्यक्ष पदम लामालगायतको उपस्थितीमा सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनको पुर्नगठन गरिएको हो ।
सिंहको नेतृत्वमा पुर्नगठित गाउँ समितिको बरिष्ठ उपाध्यक्ष सुमित कुमार साह, उपाध्यक्षमा मनोहर कुमार महतो, महिला उपाध्यक्षमा गणिता कुमारी महतो, सचिवमा सुभाष कुमार कर्ण, सहसचिवमा सुनिल कुमार यादव, अर्थसचिवमा मंजु कुमारी कापरी, सहअर्थसचिवमा अमित सहनीलाई सर्वसम्मत चयन गरिएको हो ।
सदस्यहरुमा जितेन्द्र कुमार ठाकुर, बेचन महतो, प्रेमप्रसाद कापर, राजकुमार महतो, मो.जाफर खाँ, निशा कुमारी दास, अन्जीला यादव, प्रतिभा सिंह, कृष्णा कुमारी, टुङकल कुमारी महतो,रंजिता कुमारी महतोलाई चयन गरिएको हो ।
विशेष बैठकबाट एकिकृत अखिल नेपाल शिक्षक संगठन बटेश्वरको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा निर्वतमान अध्यक्ष समेत रहनुभएका शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवट, मटुक महतो रंकी देवी राष्ट्रिय आधारभूत विद्यालय जनमुक्तिनगरका प्रधानाध्यापक रामवृक्ष महतो, श्री राष्ट्रिय आधारभूत विद्यालय सीतापुरका प्रधानाध्यापक राजनारायण मण्डललाई चयन गरिएको संगठनका अध्यक्ष दिपेन्द्र प्रसाद सिंहले बताए ।




