
महोत्तरी - विश्व रक्तदाता दिवसको अवसरमा भोलि शनिवार रक्तदान कार्यक्रम हुने भएको छ ।जानकी एकेडेमीक हस्पिटलमा रक्तदान कार्यक्रमकाे आयाेजनामा र नेपाल रेडक्रस सोसाइटी जनकपुर शााखा, धनुषा द्वारा प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जनकपुरको प्राविधिक सहयोगमा जेठ ३१ गते शनिबार हस्पिटलको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको हो । 'हाम्रो खेर जाने रगत दान गर्दा कसैको जीवन बाँच्छ' भने त्यो भन्दा ठूलो योग्दान केही नहुँने भन्दै कार्यक्रमको आयोजना गरिएको हस्पिटलका संचालक एबम पुर्व स्वास्थ तथा जनसंख्या मन्त्री डा.सुरेन्द्र यादवले बताए ।

रक्तदान हुने ठाउँ महोत्तरी जिल्लाको औरही नगरपालिका,रामगोपालपुर नगरपालिका,सोनमा गाउँपालिका र सम्सी गाउँपालिकाको बीचमा पर्ने स्थानमा रामगोपालपुर नगरपालिका वडा ९ पर्सामा अबस्थित रहेको जानकी एकेडेमीक हस्पिटलले अफ्नो हस्पिटल परिसरमा बिहान ९ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम हुने जानकी एकेडेमीकका प्रशासन प्रमुख संजय कुमार यादवले जनाएको छ।
कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ ।