
शहीद दुर्गानन्द झाको शालिकमाथि अपमानजनक कार्य गरेको आरोपमा एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम– २३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन अघि शहीद दुर्गानन्द झाको शालिकमाथि चढेर आपत्तिजनक कार्य गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए । सामाजिक सञ्जालमा शहीदमाथि गरेको अपमानजनक क्रियाकलाप गर्दै आएका थिए । सोही अनुसार महतोलाई कानुन बमोजिम हदैसम्मको सजाय हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले छानबिन गर्दै जाँदा जेठ २ ९ गते जनकपुरधाम– २३ स्थित लादोबाट महतोलाई पक्राउ गरेको थियो । महतोलाई धनुषा प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।