काठमाडौं - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।
जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताए ।
कुल बजेटको ३८.६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट जुटाइने मन्त्री काफ्लेले बताए ।




