
महोत्तरी - रामगोपालपुर नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को अनुमानित वजेट निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमवार रामगोपालपुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको दुर्गा मन्दिर अगाडी आयोजित एक समारोहका बीच आर्थिक बर्ष २०८२/००८३ को लागि ४६ करोड १६ लाख भन्दा बढि रकम बराबरको वजेट प्रस्तुत गरिएको हो । सोमवार नगरपालिकाको १२ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट नगरप्रमुख रामदुलार साहले प्रस्तुत गरेका छन् ।

नगरप्रमुख साहले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट तथा आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिए ।

नगरप्रमुख साहले संघको वित्तीय समानीकरणतर्फ ९ करोड ६१ लाख,संघ सशर्त अनुदानतर्फ १६ करोड ९८ लाख,संघ बिशेष अनुदान ६९ लाख ,संघ समपुरक अनुदान २ करोड ३२ लाख,संघ राजश्व बाडफाड ९ करोड १२ लाख २३ हजार ४ सय ९१ ,प्रदेश वित्तीय समानिकरण ६५ लाख ४९ हजार,प्रदेश बिशेष अनुदान ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजश्व बाडफाड ५४ लाख४ हजार ४ सय १० ,प्रदेश सशर्त अनुदान ९५ लाख ,आन्तरिक आम्दानी २ करोड ,मालपोतबाट प्राप्त ८० लाख,अ.ल्या.रकम २ करोड गरी कूल ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट नगरसभामा पेश गरेको जानकारी दिए।

नगर प्रमुख रामदुलार साहले १२ नगर सभामा प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा एमबीबीएस पढने विद्यार्थीलाई ५१ हजार छात्रवृत्ति, नि:शुल्क जन्मदर्ता मृत्युदर्ता र विवाह दर्ता गरिने, गरिब, विपन्न, असहाय परिवारहरुलाई विवाह खर्च र क्रिया खर्चबापत राहत प्रदाने गर्ने उल्लेख छ ।

रामगोपालपुर नगरपालिकाले सिँचाइमा लगानी कृषिमा आम्दनी नाराका साथ कृषि विद्युतीकरणलाई विकास गर्दै कृषि मिटर नि:शुल्क र सिँचाइ प्रयोजनक लागि लाग्ने विद्युत् महसुलमा अनुदान उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट मधेस प्रदेश सांसद एबम भौतिक पूर्वधार मन्त्रि सरोज कुमार यादवको प्रमुख अथिति र महोत्तरी जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महरा विशिष्ट आतिथ्यको आयोजित रामगोपालपुर नगरपालिकाको १२ औँ नगरसभाको उद्घाटन समारोहमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास,नगर उपप्रमुख रिना यादव ,नगरपालिकाका सम्पुर्ण कर्मचारी, वडा अध्यक्षहरु,वडा सदस्य ,नगरसभा सदस्यहरु, विद्यालयका शिक्षकहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीय नगरवासी, पत्रकार, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।












यस्तो छ बजेटको पूर्णपाठ :