
धनुषा- धनुषाको सहिद नगर नगरपालिका–१ बालाबाखर स्थित ज्ञान बरदान बोर्डिङ स्कुलको प्राङ्गणमा शनिबार देखि दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। बरिष्ठ स्त्री तथा निःसन्तान रोग विशेषज्ञ डा. बृज मोहन रजकको प्रमुख अतिथ्यता तथा जेनरल फिजिसियन तथा सर्जन डा अस्मिता कनोजिया रजकको विशिष्ठ अतिथ्यतामा संचालित शिबिरमा करिब ३ सय अधिकले स्वास्थ्य परिक्षण गरि सेवा लिएका छन् ।
शिविर नैना हस्पिटल प्रा.लि. एण्ड दिव्या क्लिनिकको सहकार्यमा संचालन भएको हो । शिबिरमा बोल्दै डा. रजकले महिलाहरुमा जनचेतनाको कमिले समयमा उपचार नपाउदा ज्यान जोखिममा हुने हुदा यस्ता समस्याको निराकरण गर्न शिबिर संचालन गरिएको बताए ।उनले समयमा उपचार गर्दा महिलाहरुमा देखिने पाठेघरको समस्या निराकरण गर्न मद्दत पुग्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै ज्ञान बरदान बोर्डिङ स्कुलका संस्थापक झगरु कुमार यादव तथा पशु प्राविधिक तथा युवा नेताले ग्रामीण भेगमा आर्थिक समस्याका कारण मानिसहरु इलाज गराउन नसक्ने भएकोले यस्ता शिविर हामीले ल्याएका हौं। त्यस्तै कार्यक्रममा बोल्दै ज्ञान बरदान बोर्डिङ स्कुलका प्रीन्सिपलले गणेश यादबले बिद्यालयले शिबिर ल्याइ समय समयमा यस ग्रामीण भेगमा सेवा प्रदान गरेको बताए ।

शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण समेत गरिएको थियो। स्थानीयवासीहरू शिविरबाट निकै लाभान्वित भएको जनाएका छन्। आयोजक संस्थाले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवा सजिलै प्राप्त गर्न सहयोग पुर्याउने बताए । कार्यक्रमम नैना हस्पिटल प्रा.लि. एण्ड दिव्या क्लिनिकका ल्याब टेक्निसियन सरोज यादवले यस्ता शिविरहरु विगतको दिनमा गरिएका थिए र आगामी दिनमा पनि निरन्तरता हुन्छ भने प्रतिवदता जनाए। शिबिरमा महिलाहरुको पाठेघर खस्ने ,सेतो पानी बग्ने ,महिनावारि लगायत समस्या सम्बन्धि उपचार गरेका थिए ।