
माधव पौडेल,बर्दिबास-बर्दिबासलाई शैक्षिक हव निर्माण गर्ने महत्वकाक्षि योजना सहित महोत्तरीको बर्दिवास नगरपालिकाले सम्पन्न गरेको नगरसभालाई सहयोग पुग्नेगरी एसईईको नतिजा आएको छ । महोत्तरी जिल्लाभरीका उत्कृष्ट १० विद्यालयको नतिजामा वर्दिवास नगरका मात्र ७ वटा रहेकोवाट यो प्रमाणित हुन्छ की नगरले शिक्षामा राम्रो लगानि गरेको छ । सामुदायिक विद्यालय तर्फ वर्दिवास ५ को ईच्छेश्वर मा.वि.ले सत्प्रतिशत विद्यार्थि उतिर्ण गराएर जिल्लाको पहिलो विद्यालय वनेको छ । साथै संस्थागत विद्यालय तर्फ सवैभन्दा धेरै उत्कृष्ट अंक ल्याउने विद्यार्थि हुने विद्यालयमा वर्दिवास १ को ग्लोवल एकेडेमि वनेको छ भने सामुदायिक तर्फ जनता मा.वि. गौरीवास ३ ले पनि ग्लोवल एकेडेमि सरह विद्यार्थि उत्कृष्ट अंक ल्याउनेमा पारेको छ । ईच्छेश्वर मा.वि. वर्दिवासका प्राधान्याध्यापक वुद्ध प्रसाद पोखरेलका अनुसार विद्यार्थिको चौतर्फि विकासमा ध्यान दियो भनेमात्र शिक्षाको महत्व वढ्ने हुँदा नतिजामा मात्र केन्द्रीत नहुन अनुरोध गर्छन । व्यवहारीक शिक्षाले मात्र विद्याको मापन हुने आजको समयमा ईच्छेश्वरले त्यो मापन पुरा गर्नेतर्फ कार्य गरेको उनको ठम्म्याई छ । त्यसै गरी नाफा मात्र नहेरी शिक्षामा सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा जिल्लाकै उत्कृष्ट अंक ल्याउने विद्यालय मध्ये जिल्लामै दोश्रो हुन पाएकोमा वर्दिवास १ को ग्लोवल एकेडेमिले आफ्ना विद्यार्थिहरुलाई वधाई दिएको छ । ग्लोवल एकेडेमिका निर्देशक अर्जुनमणि पौडेलका अनुसार अघिल्लो वर्ष जस्तै यस वर्षपनि विद्यालयले गरेको मेहनतले फल मिलेको वताउछन् ।

बर्दिबास नगरपालिका शिक्षा शाखा प्रमुख रेवति पराजुलीका अनुसार “वर्दिबास नगरको नतिजा अघिल्लो वर्षको तुलनामा धेरैनै राम्रो आएको छ । तथ्यांक अनुसार महोत्तरी जिल्लाको ३२.६५%भन्दा बढी ५८.३६% र राष्ट्रिय औसत ६१.८१ भन्दा केही कम छ तर महोत्तरी जिल्लाका सबै स्थानीय तह र जिल्लाको औसत भन्दा निक्कै बढी छ । जिल्लाका सत प्रतिशत नतिजा प्राप्त गर्ने १० विद्यालय मध्ये ७ओटा विद्यालय बर्दिबास नगरपालिका भित्रकै हुन् । महोत्तरी जिल्लाको शत प्रतिसत नतिजा प्राप्त गर्ने एक मात्र सामुदायिक विद्यालय पनि बर्दिबासकै हो । यसैगरी सामुदायिक विद्यालयको मात्रै नतिजा पनि महोत्तरी जिल्लाको समग्र तथा महोत्तरीका अन्य स्थानीय तहरुको संस्थागत तथा सामुदायिकको जम्मा नतिजा भन्दा बढी ५०प्रतिशत रहेको छ । यसका बावजुद तीन ओटा सामुदायिक विद्यालय जुन दुर्गम क्षेत्रमा रहेका, भर्खर अनुमति प्राप्त गरेका र विद्यार्थी तथा शिक्षक समेत न्यून भएका विद्यालयको नतिजा शून्य आएको छ जसको आधारमा मात्र बर्दिबासको नतिजा कमजोर भयो भन्नु अलिक गहिराईमा नपुगी सतही विश्लेषण हो फेरी गत बर्षको भन्दा समग्रमा बर्दिबासको नतिजामा सुधार आएको छ तथापी सुधारका क्षेत्र भने पक्कै धेरै छन् ।”

राजनैतिक पुर्वाग्रहको आधारमा कमजोर भन्नेहरु देशको समग्र नतिजा राम्रो भएकोमा आफ्ना प्रधानमन्त्रीलाई धन्यवाद दिने अनि नगरको राम्रो हुँदा पनि नदेख्ने कस्तो रोग लागेको होला वर्दिवास २ का भवनाथ काफ्ले प्रश्न गर्छन । राम्रो नतिजा सहित विद्यार्थिहरु उतिर्ण भएकोमा वर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद क्षेत्रीले सवै भाईवहिनिहरुलाई शुभकामना दिएका छन् भने अनुतिर्ण भएकालाई हौशला कायम राख्दै अझ मेहनत गर्न सुझाएका छन् ।
