
महोत्तरी - प्रेस सेन्टर नेपालका सदस्य तथा फोकस न्युजका संचालक महोत्तरीका सकृय पत्रकार गणेश कुशवाहा र उनका बुवामाथि सांघातिक आक्रमण भएको प्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखा र प्रेस सेन्टर लगायतले कडा आपत्ति जनाउदै विज्ञप्ती निकालेर घटनाको घोर निन्दा गर्दै दोषीलाई कानुनी कार्यवाहीको मांग गरेको छ ।
वडा १२ का वडा अध्यक्ष कुशेश्वर सिंहका छोरा मुकेश सिंह, हिरन सिंह, गौशाला प्रावधिक शिक्षालयका दिलिप महतो, मनिकान्त सिंहसहितले पत्रकार कुशवाहालाई ज्यानै लिनेगरि आक्रमण गरेको पत्रकार कुशवाहालाई उद्धृत गर्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफ्नो निजि जग्गामा सहमति बिना नै सडक निर्माण हुन थालेपछि पत्रकार कुशवाहा निर्माणस्थलमा पुगेका थिए । सोही क्रममा निजि सम्पतिको संरक्षण तथा सहमति गरेर मात्र सड़क निर्माण हुनुपर्ने अडान राखेपछि पत्रकार कुशवाहाका बुवा महेश्वर सिंहसहित उनलाई कुटपिट भएको पत्रकार कुशवाहाले बताए । स्वतन्त्र ढंगले वाच्न पाउने अधिकारको उपहास गर्दै पत्रकार कुशवाहा र उन्का बुवा महेश्वर कुशवाहालाई हातपात गर्ने दोषीहरुका विरुद्ध ईलाका प्रहरी कार्यालय गौशालामा किटानी जाहेरी दिदा पनि अहिलेसम्म पक्राउ नपर्नुले प्रहरीमाथी नै गम्भीर आशंका सिर्जना भएको प्रेस सेन्टरका अध्यक्ष विशाल बस्नेतले बताए ।
उनले विवादित विषयवस्तु भएतापनि कानुनी ढंगवाट सुल्झाउने प्रक्रिया हुँदाहुँदै कुटपिटमा उत्रनु र त्यो पनि जनप्रतिनिधि के सग्लनता देखिनु लोकतन्त्रमा आफैमा दुःखद रहेको बताए । आक्रमणको क्रममा पत्रकार कुशवाहाको आँखामा चोट लागेको छ भने शरिरका विभिन्न भागमा निलडाम छन् ।
घाईते पत्रकार र उनका बुवाको सर्लाहीस्थित मोडल अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।