
महोत्तरी-जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी रहेको भन्दी गोली मार्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
गोली मार्ने धम्की दिने बलवा नगरपालिका–४ परौल तिलगढका २९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।
दस लाख रुपैयाँ मागेको र रुपैयाँ नदिए गोली हानी मार्छु भन्दै गरेको भिडियो प्राप्त भएपछि महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको शर्माले बताए ।'पक्राउ परेका महतोले धम्की दिने व्यक्तिलाई आफू जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी रहेको समेत भनेका थिए', प्रहरी उपरीक्षक शर्माले भने,‘आफू प्रहरी भएको भन्ने, पैसा मग्ने र गोली मार्ने धम्कीको भिडियो आधारमा पक्राउ परेकालाई तत्काल अभद्र मुद्दा चलाइएको छ ।
’धम्की दिने महतोले प्रहरीजस्तै देखिने हुलीया समेत बनाएको उनले बताए ।