
सुजाता राई
मोरङ। विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरको मनास्लु होटेलमा शुक्रबारदेखि सुरु भएको दुई दिने खेलकुद सरोकारवाला, निजी क्षेत्र र स्थानीय तहसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रमको पहिलो दिनको सत्र सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता बोर्ड अध्यक्ष तथा प्रदेशका माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए। प्रमुख अतिथि प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगर तथा विशिष्ट अतिथि प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको सहभागिता थियो।

कार्यक्रममा बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले अतिथिहरुलाई स्वागत मन्तव्य सहिद छलफलका प्रमुख एजेन्डाहरू प्रस्तुत गर्दै अन्तरक्रिया अघि बढाए।

कार्यक्रममा विभिन्न पालिका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि तथा खेलकुद क्षेत्रका अगुवाहरूले आ-आफ्नो धारणा व्यक्त गरे।
कार्यक्रम सञ्चालन जनपथ विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले गरेका थिए।