महोत्तरी – मधेश प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत सञ्चालित सिचाइ कार्यक्रममार्फत मटिहानी नगरपालिकाका किसानहरू लाभान्वित हुने भएका छन् ।
नगरपालिकाको मटिहानी, विसनपुर, गोबरौरा, मझौरा, सानो धिरापुरलगायत छवटा स्थानमा एक-एक वटा बोर्डिङ जडान गरिएका छन् । हालै नगर प्रमुख हरि प्रसाद मण्डले औपचारिक रुपमा बोर्डिङ जडान कार्यको शिलान्यास गर्नुभएको छ ।



कृषकहरूको खेतमा वर्षैभरि सिंचाइ सुविधा पुर्याउन सुरु गरिएको यस योजनाबाट करिब ३० विघा जमिनमा सिंचाइ हुने मटिहानी नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मण्डका अनुसार कृषिमा उत्पादन वृद्धि र किसानहरूको आम्दानी वृद्धिका लागि आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गरिने छ ।




