महोत्तरी – विष्णु गाउँपालिका–७ स्थित दुल्वा टोलमा शनिबार बिहान करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
२६ वर्षीय कपलेश्वर राय आफ्नै खेतमा सिंचाइका लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
गंभीर अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



प्रहरीका अनुसार घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ।
यसप्रकारका घटनाले गाउँघरमा विद्युतीय सुरक्षाका उपाय अपनाउने आवश्यकता झनै देखिएको छ।




