सुजाता राई
मोरङ । बेलबारीका स्रष्टा रमेश निरौलाको ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) को लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका ३ नं वडाका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवर्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेलीलगायतका विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाकाको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा लोकार्पित कृतिमाथि लेखक तथा पत्रकार केशु विरहीले समीक्षा प्रस्तुत गरेका थिए । अनुसन्धातासमेत रहेका विरहीले निरौलाका गजलले बहु विषयलाई उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसङ्गति विरुद्धको कडा व्यङ्ग्य मात्र नभएर युवाहरूमा आशावादी स्वरसमेत सुसेलेको बताए । लोकार्पणपछिको समीक्षाभन्दा पाण्डुलिपिमै कृतिको परिचर्चा गरिनुपर्ने, विज्ञ व्यक्तित्वसँग बसेर छलफल गरेर मात्र कृति बाहिर ल्याउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा केशव सुनाम, डिल्लीराम ओझा, गोपाल नेपाल, धनजीत पराजुली, एन बी दाहाल नवीन, रामप्रसाद खरेल, रोमु अधिकारी, किशोर कोइराला, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, उमा सिजापती, गणेश लामा, रोहित पराई, जेबी खत्री, युवराज ठकुरी, बादलदेवी चाम्लिङ, नवराज पोखरेल नवशिला, सिजन श्रेष्ठ, भीम बस्नेत, शिव छाङ्छा राई, विकास बुढाथोकी, प्रकाश भट्टराई, सुन्दर भट्ट, विनोद विवश घिमिरे, केपी घिमिरे, गीता कुलुङ राई, शेखर मगर, टेकराज एकचाई मगर, प्रेमबहादुर गुरुङ, जुनु बुढाथोकी, लगायतका लेखक तथा कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरेर झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न योगदान दिने तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की, लगायतका लेखक तथा स्रष्टाहरूले ‘भावका भँगालाहरू’ भित्रका रचना वाचन गरेका थिए । त्यस्तै लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राईलगायतका गायक तथा कलाकारले गजल गायन प्रस्तुत गरेका थिए ।
मुक्तक विधाबाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला कविता, गजल, गीता तथा लघुकथा विधामा समेत कलम चलाउँदै आएका छन् । उनी बेलबारी साहित्य विकास समितिका वर्तमान अध्यक्षसमेत हुन् ।
बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गीतकर्मी जेबी थुलुङको रहेको थियो ।




