महेन्द्रनगर। क्षीरेश्वर सेवा समाज कतार संस्था द्वारा दुर्घटनामा परी अपांग भएका एकजनालाई खाद्यान्न सहित नगद सहयोग गरेको छ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं ७ स्थित महादेव मठ को प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा दुर्घटना पीडित क्षीनपा वडा नं ७ का पारस ठाकुरलाई खाद्यान्न सामाग्री सहित एघार हजार एक सय नगद राहतको स्वरुप हस्तान्तरण गरिएको सेवा समाज कतारका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए।
सो अवसरमा समाजमा विभिन्न किसिमले योगदान पुर्याउने स्थानीय एक दर्जन व्यक्तीहरुलाई सम्मान संस्थाले सम्मान समेत गरेका थिए ।







