सप्तरी- सप्तरी प्रहरीले हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। डाक्नेश्वरी-७ मा आज बिहान प्रहरीले गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो।
लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयूत्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बडिवीरपुरऔ-१ का विशाल राय र डागनेश्वरी-७ का मनाेज राय रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हबाइ फायर गरेकाे छ।



उनीहरूकाे साथबाट २०० ग्राम ब्राउन सुगर पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।




