काठमाडौं –लियो जिल्ला परिषद ३२५ एफ नेपालको आयोजनामा काठमाडौं धुम्बाराहीस्थित दियो महलमा एकदिवसीय लियोहरुको क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।
लियो जिल्ला परिषद ३२५ एफ नेपाल २०२५/२६ का जिल्ला अध्यक्ष लियो आकृति न्यौपानेको अध्यक्षता र लायन्स जिल्ला ३२५ एफ नेपालका जिल्ला गर्भनर लायन केशहर बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।




कार्यशालामा परिषद्अन्तर्गतका विभिन्न लियो क्लबहरुबाट ५० जनाभन्दा बढी लियोहरुको सहभागिता रहेको थियो। कार्यशालामा लियो जिल्ला परिषद ३२५ एफ नेपालका जिल्ला अध्यक्ष लियो आकृति न्यौपानेले उपस्थित लियो हरुलाई स्वागत गर्दै कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरेकी थिइन्।
जिल्ला अध्यक्षले लियो जिल्ला परिषद ३२५ एफ नेपालकोे २०२५/२६ का लागि अगामी बार्षिक नीति तथा कार्यक्रमलाई समेत आफ्नो कार्ययोजना प्रस्तुतीकरणमार्फत प्रस्तुत गरेकी थिइन्। पेश गरिएको निति तथा कार्यक्रम मा “नेपाली साङ्केतिक भाषाको तालिम संचालन गरेर भाषालाई समावेशी बनाउने, समाज रुपान्तरणमा अपाङ्गता भएका ब्यक्तिको समेत महत्त्वपूर्ण भुमिका रहने भएकोले लियो लायन्समा सहभागिता गराउने खालको कार्यक्रमहरु समावेश गर्नु भएको थियो।

कार्यशालामा पुर्व जिल्ला गभर्नर लायन मधुकर उपाध्यायले ” लियो क्लबका पदाधिकारीहरुका काम ,कर्तव्य र अधिकारबारे प्रशिक्षण दिएका थिए भने लियो ललन कुमार महतोले लियो क्लबका अध्यक्ष र उपाध्यक्षको भुमिका , पालना गर्नुपर्ने नियम र कार्यक्रम सञ्चालन गर्नुपर्ने विधिबारे प्रशिक्षण दिएका थिए। त्यस्तै क्लबमा “नीति र ऐजेण्डा कसरी बनाउने र इभ्यालुऐसन सिट कसरी निर्माण गर्ने बारे सैध्दान्तिक ज्ञान” परिषदका उपाध्यक्ष लियो अकाश साहले प्रशिक्षण दिएका थिए भने जिल्ला सचिव लियो अमिसा नेपालले “क्लबका सचिवले गर्नुपर्ने काम र भुमिकाबारे बिस्तृत प्रस्तुतीकरण गरेका थिए” । क्लबका कोषाध्यक्षहरुले कसरी आफ्नो कार्यसम्पादन सहि ढंगले गर्ने बारे सैध्दान्तिक कुराहरुको बारेमा जिल्ला कोषाध्यक्ष लियो अभिनास मल्लिकले प्रस्तुतीकरण गरेका थिए।
कार्यशाला कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रशिक्षक राजन कोइरालाले प्रविधिको प्रयोगभन्दा पनि आफ्नो क्षमता र कर्ममा विश्वास राख्न सुझाव दिएका थिए। वहाँले आर्टिफिसियल इन्टेलिजेन्टलाई भन्दा लिडरशिप इन्टेलिजेन्टलाई महत्व दिनुपर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। वहाँले “सबै क्लबका पदाधिकारीहरुलाई एक आपसमा मिलेर अगाडि बढ्न सुझाएका थिए। त्यस्तै, कार्यक्रम गर्ने तरीका , कार्यक्रम व्यवस्थापन गर्नुपर्ने पक्षहरुका बारेमा परिषद् का प्रमुख सल्लाहकार लियो-लायन दिपेश भट्टराईले आफ्नो धारणा राख्नुभएको थियो। वहाँका अनुसार ” लियो अन्तर्राष्ट्रिय संस्थामा लागेका युवाहरुले पहिला स्वयंम सक्षम हुनुपर्ने र नेतृत्व गर्न सक्ने खालको गुण आफुभित्र ल्याउने र त्यसपछि मात्र समाजमा फुर्सदका बेला सामाजिक सेवाका लागि कार्य गर्नेबारे व्यावहारिक कुराहरु सिकाउनुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला लियो क्लब चेयरपर्सन लायन डाक्टर राजेन्द्र गिरीले ” नेपालमा काम गरिरहेका लियो र लायन्स क्लबहरुको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा हुने गरेको बताउनुभयो। उहाँले “थोरै काम गर तर उपयोगी काम गर ,जुन समाजिक हितका लागि होस्” भन्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै ” लायन्स जिल्ला ३२५ एफ नेपालका दोस्रो जिल्ला गर्भनर लायन मनोज कुमार सापकोटाले लियो, लायन्स र हाम्रो नेपाली समुदायसँगको प्रत्यक्ष सहकार्यले नै नेपालले सामाजिक कार्यमा एउटा थप उचाई हासिल गर्न सक्ने बताउनुभएको थियो। नेपालभित्र कार्यरत विभिन्न लियो क्लब र लियो स्वयंसेवकलाई आवश्यक परेको खण्डमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गर्नुभएको थियो। सहभागीहरुलाई संस्थाको नाम भएको टिसर्ट, डायरी, मनोनीत सदस्यहरुलाई सम्मान र सर्टिफिकेट्ससमेत दिनुभएको थियो।
प्रशिक्षण कार्यक्रममा धैर्यताकासाथ सौहार्द ढंगले सहभागिता जनाएर सहभागी भएकोमा सबै उपस्थित लियोहरुलाई
स-सम्मान सहित बधाई तथा शुभकामना दिदैं लियो जिल्ला परिषद २०२५/२६ का जिल्ला अध्यक्ष आकृति न्यौपानेले परिषद् को पहिलो क्षमता अभिबृद्धि सम्बन्धी कार्यशाला कार्यक्रम विधिवत रुपमा समापन गर्नुभएको थियो।




