महोत्तरी- निरन्तर परेको अत्यधिक वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगल क्षेत्रको सडक खण्ड बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि सवारी साधनहरू वैकल्पिक मार्गको रूपमा गौशाला चौक हुँदै गौशाला बजारबाट लक्ष्मीनियाँ चौकतर्फ गई पुनः पूर्व–पश्चिम राजमार्गमा जोडिने बाटो प्रयोग गरिरहेका छन्।
यातायात व्यवस्था कार्यालय तथा स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। अवरुद्ध सडक खण्ड खुलाउने प्रयास जारी रहेको जनाइएको छ।




