महोत्तरी – गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशित गर्दै बिदा औपचारिक रूपमा घोषणा गरिएको हो ।



निर्णय अनुसार उक्त दिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा निजी संघसंस्थाहरू बन्द रहनेछन् ।
गाईजात्रा काठमाडौं उपत्यकासहित बागमतीका विभिन्न क्षेत्रमा विशेष रूपमा मनाइने नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो । पितृ श्रद्धा र स्मरणका रूपमा मनाइने यस पर्वमा गाईको स्वरूपमा सिँगारी टोलटोल घुम्ने, नाचगान गर्ने र विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ ।




