जनकपुर- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका ४० वर्षीय भोला मेस्तर सोमबार बिहान अस्पतालको प्रस्तुति वार्ड पछाडि रहेको लुन्ड्री कक्षभित्र मृत अवस्थामा भेटिएका हुन्। अस्पताल स्रोतका अनुसार उनी फलामको पाइपमा प्लास्टिकको डोरीको सहायताले झुन्डिएको अवस्थामा फेला परेका थिए।
मेस्तर सोही अस्पतालमा कार्यरत थिए। लुन्ड्रीमै काम गर्ने धनुषाको सबैला नगरपालिका–१ पटेर्वाका मुकेश यादवले उनलाई झुन्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।




