सुजाता राई
मोरङ । कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कविता सङ्ग्रह ‘समयका तरङ्ग’ एक भव्य समारोहबीच लोकार्पण गरिएको छ।
विराटनगर–१ मा रहेको विष्बणुमाया पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा करिब दुई सय साहित्यिक स्रष्टा तथा सरोकारवालाको उपस्थितिमा उक्त कृतिको विमोचन सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले गरेका थिए भने प्रमुख अतिथिमा प्रा. कविराज न्यौपाने उपस्थित थिए । विशिष्ट अतिथिहरूमा पूर्वसांसद प्राज्ञ खेम नेपाली, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ विवश पोखरेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, संरक्षक बलराम पोखरेल, वडा नं. १० का अध्यक्ष अर्जुन गीरी, समीक्षक बाबुराम पोखरेल लगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए ।

स्वागत मन्तव्य साहित्यकार रोहिणी रसिकले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन नाट्यकर्मी भरत गुरागाईं ‘बर्बरिक’ले गरे।
यस अवसरमा लेखक ढकालकी माता सीता देवी ढकाल, सानीमा बीन्दा देवी कोइराला, मामा गोविन्द पोखरेल, श्रीमती हुमा देवी भट्टराई र छोरा प्रश्रित ढकालसहित आफन्तजन पनि उपस्थित भए।
कृतिको टिप्पणी समीक्षक बाबुराम पोखरेल र विवश पोखरेलले गरेका थिए । उनीहरूले ‘समयका तरङ्ग’ अघिल्लो कृतिभन्दा अझ परिष्कृत र सरल अभिव्यक्तिमा आएको भन्दै कविलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा हरि कट्टेल, सुमन पोखरेल, केशु विरही, रमेन्द्र कोइराला, मीनकुमार नवोदित श्रेष्ठ, दिनेशराज सुवेदी, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, सीमा आभाष, रमेश निरौला, सिजन श्रेष्ठ, पुष्पा सायरा, शारदा कार्की, डोमी कामत, मदन भण्डारी, विनोद विवश घिमिरे, केपी घिमिरे, एलपी पराजुली, गीताप्रसाद श्रेष्ठलगायतका स्रष्टा/कलाकारहरूको उपस्थिति उल्लेखनीय रह्यो ।

त्यसैगरी विनोद विवश घिमिरे, नेत्र खतिवडा, लक्ष्मी रायमाझी, शिवनारायण सिङ्गल, प्रयाग न्यौपाने, लीलानाथ सिलवाल, प्रतिमा निरौला लगायतका साहित्यकारहरूले कृतिभित्रका कविता वाचन गरेर सुनाए ।
शुभकामना मन्तव्य दिने क्रममा प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, संस्कृतिकर्मी महेश रेग्मी, प्रकाशन संस्थाका अध्यक्ष मधु पोखरेल, लेखकका आफन्त अर्जुन गीरीलगायतले ‘समयका तरङ्ग’लाई नेपाली साहित्यमा मूल्यवान् योगदानका रूपमा व्याख्या गर्दै सफल यात्राको शुभकामना दिएका थिए।




