महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ ५७२ जना कैदीहरू भागेका छन् । प्रहरीका अनुसार कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन् ।
घटना साँझ करिब ७ बजे भएको हो । करिब ५०० भन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले भित्रका कैदीहरूसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा बताएका छन् ।







