महोत्तरी – महोत्तरीको गौशालामा पहिलो पटक प्रहरी लक्षित स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।शनिवार नगर अस्पताल गौशालाको आयोजनामा ईलाका प्रहरी कार्यालयमा सो शिविरको आयोजना गरिएको हो ।शिविरमा प्रहरीको सुगरचेक, वजन, वडी फिटनेश आदिको सम्बन्धमा स्वास्थ्यकर्मीहरुले परिक्षण गरेका थिए ।

उक्त शिविरमा ५१ जना प्रहरीलाई नसर्ने रोगको सम्बन्धमा परिक्षण गरिएको नगर अस्पताल गौशालाका ईन्चार्ज डा. अमरेशकुमार महतोले बताए ।शिविरस्थलमै स्वास्थ्य परिक्षणको लागि उनीहरुबाट रगत, पिसावको नमुना समेत संकलन गरिएको र सो को रिर्पोट आएपछि विस्तृतमा जानकारी प्राप्त हुने डा महतोले जानकारी दिए ।




आफुले नेतृत्व सम्हालेपछि यहाँका सुरक्षाकर्मीको स्वास्थ्यको सवालमा दीर्घकालिन सोच बनाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार यस शिविरको आयोजना गरिएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिए । अगामी दिनमा पनि यसप्रकारका शिविरको आयोजना गरिने लामाले बताए ।







