सुजाता राई
मोरङ । कवि शैलेन घिमिरेको कवितासङ्ग्रह ‘अनुभूतिका रङहरू’ विराटनगरस्थित एलिट क्लबको सभाहलमा लोकार्पण गरिएको छ । विराट साहित्य सङ्गमको आयोजनामा सम्पन्न कार्यक्रममा अग्रज कवि कुन्ता शर्मा प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्राज्ञहरू विवश पोखरेल, गङ्गा सुवेदी, खेम नेपाली, अच्छा राई रसिक साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष केशव सुनाम, प्रा. कृष्ण पोखरेललगायत प्रतिष्ठित साहित्यकारहरूको उल्लेखनीय उपस्थिति भयो।
सो अवसरमा केशु विरही, भरत बर्बरिक, शिवनारायण सिङ्गल, गोपाल निर्भीक, मीनकुमार श्रेष्ठ नवोदित, दिनेशराज सुवेदी, गोविन्द ढुङ्गाना, भवानीप्रसाद पोखरेल, प्रिन्स प्रमोदकुमार ढकाल, प्रयाग न्यौपाने, डोमी कामत, नवराज पोखरेल ‘नवशिला’, जेबी खत्री, नानुमैया दाहाल, भूपाल अधिकारी, मञ्जु घिमिरे दाहाल, पुष्पा सायरा, उमेश लुइटेल, कर्ण सञ्जय, कुमार श्रेष्ठ, चूडामणि घिमिरे, स्वयम्भूनाथ कार्की, सुजाता राईलगायतका स्रष्टाहरूको सहभागी भएको थियो।

कृतिको समीक्षात्मक प्रस्तुति निर्मला कोइरालाले दिएकी थिइन् भने कवि घिमिरेको भाइ आलेख मासिकका सम्पादक अच्युत घिमिरेले लेखकको जीवनवृत्त प्रस्तुत गरे ।
यसै शिलशिलामा गुरागाई बर्बरिकले उत्कृष्ट सबैको मन छुने नाटक प्रस्तुत गरेका थिए भने प्रयाग न्यौपाने, उमेश लुइटेल, नानुमैया दाहाल, कर्ण सञ्जय, डोमी कामत र रञ्जना भट्टराई लगायतकाले संग्रहभित्रका कविता वाचन गरेर सुनाए ।
कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, खेम नेपाली, विवश पोखरेल, गङ्गा सुवेदी, केशव सुनाम र डा. इन्दिरा आचार्य मिश्रलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

आयोजक तर्फबाट सदस्य कविता केशरीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।
विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलले गरेका थिए।




