महोत्तरी- दुई दिन देखिको लगातारको भारी वर्षाका कारण महोत्तरीको औरही नगरपालिकाको अवस्था गम्भीर बनेको छ । शुक्रवार राती देखि भएको अविरल वर्षाले औरही नगरपालिका २ फुलवरियामा करिब १५ घर भत्केर पुर्ण रूपमा क्षतिग्रस्त भएको छ। फुलबरिया टोलमा जङ्गहा खोलाको पानी पसेर घरहरु क्षति भएको स्थानीयले बताएको छ। यद्यपी कुनै किसिमको अहिले सम्म मानवीय क्षति भएको नभएको बताइएको छ।

यद्यपी यस यस गाउँको जाने आउने बाटो सबै बाढीले बगाएको हुँदा अहिेले कोही बिरामी भए पनि अस्पताल लिएर जाने अवस्था समेत नरहेको स्थानीयले दुख व्यक्त गरेका छन् । त्यसैगरी औरही नगरपालिका १ औरहीमा समेत करिब २० वटा घरमा गाउँको पानी पसेर खान बस्ने ठाँउ समेत नभएको दैनिय अवस्थामा रहेको छ।

यस समस्यालाई मध्यनजर गर्दै नगर प्रमुख प्रदिप खड्काले नगरपालिकाको जेसिबी, नगर प्रहरी सहित नेपाल प्रहरीको सहयोगमा उद्धार कार्यमा लागेको र तत्काल खाने कुराको ब्यबस्था मिलाउने कार्यमा लागेकाे बताएका छन् ।



















