धनुषा- लगातार दुई दिनदेखि भई रहेको अबिरल वर्षाको कारण धनुषाको औरही खोलामा आएको बाढीले औरही पुलको एक भागको सडक बगाउँदा आवत जावत ठप्प भएको छ।
लगातारको वर्षाले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ मंगलपुर र महोत्तरीको भंगहा सीतापुर जोड्ने पुलको एक भाग बगाउँदा आवागमन ठप्प भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। औरही खोलामा आएको बाढीले पुलको पूर्वतिरको भाग बगाएपछि यहाँको आवागमन बन्द भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक राजाराम याद ले पुलको पूर्वतिरको मुख खोलाको उच्च बहावले बगाएको बताउनुभयो ।




