ढल्केवर,धनुषा - श्रीमती गुमाएको दुई महिना नपुग्दै धनुषा मिथिला नगरपालिका -२ का रामकुमार महतोले छोरा गुमाएपछि घरपरिवार माथि बज्रपात परेको छ।
डेढ महिना अघि धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिज घर भएका रामकुमार महतोको ४० वर्षिय श्रिमती शान्तिदेवी महतोको अल्पायुमै मृत्यु भयो । शान्तिदेवी बिरामी भएपछि उपचारका क्रममा जानकी मेडिकल कलेज का चिकित्सकहरुले गरेको लापरवाहीका कारण निधन भएपछि दुई छोरालाई हुर्काउनु पर्ने चुनौती रामकुमारलाई थियो।
आर्थिक अवस्था समान्य भएको रामकुमारलाई एकातिर अल्पायुमै श्रीमती गुमाउँदाको पीडा थियो, भने अर्कोतिर हुर्कंदै गरेका दुई छोराको भविष्यले पिरोलिरहन्थ्यो । श्रीमती गुमाएको दुई महिना नपुग्दै उनका जेठा छोरा राहुल कुमार महतो (अवि) गत बुधबार घर छेउमै रहेको कुखुरा फार्ममा झुण्डिएको अवस्थामा शंकास्पद फेला परे ।

रामकुमार महतो का दुई छोरा थिए, राहुल र सुरज। वर्ष २२ का जेठा छोरा राहुल कुमार महतो (अवि) र कान्छा छोरा वर्ष १४ का सुरज कुमार महतो। उनी दुवै जना घर नजिकैको कुखुरा फार्ममा काम गर्थे। वटेशवर गाँउपालिका घर भएका रामपुजन यादवले मिथिला नगरपालिका -२ नक्टाझिजमा सञ्चालन गर्दै आएको कुखुरा फार्ममा दुवै दाजुभाइ काम गरेबापत मासिक २० हजार नगद पाउँथे। समय अनुकुल रातदिन गरेर कुखुरा फार्ममा खाने ,बस्ने र सुत्ने सम्मको व्यवस्था आफैंले मिलाएका थिए। असोज १४ गते राति, राहुल त्यहि कुखुरा फार्मभित्र सुत्न गएका थिए तर बिहान उनी कुखुरा फार्मभित्र झुण्डिएको अवस्थामा फेला परे ।
मृतक राहुलको ७० वर्षीय हजुरआमा सुकनी देवी भन्छिन् " राहुल सधै जसो खाना खाएर कुखुरा फार्म भित्र सुत्न जान्थे। राहुल एक युवती सँग प्रेम सम्बन्धमा रहेको कुरा आफूहरुले पछि थाहा पाएको बताइन्। आफन्तको घरमा बस्दै आएका ती युवती (नाम नखुलाइएको) भने घटना भएको दिन गाँउमै थिए।
घटना भएको राति कुखुरा फार्म भित्र राहुल सँगै ती युवती रहेको र घटना हुन साथ ती युवती एकाएक फरार भएको हुनाले घटनामा ती युवतीको संलग्नता रहेको दाबी गर्छिन् ।
उनी दुवै जना बिच प्रेम सम्बन्ध रहेको र एकले अर्कालाई सहयोग गर्दै आइरहेको थियो। तर अचानक राहुल मृत फेला पर्नुमा शंका पैदा भएको बताइन्।
मृतक राहुल का भाई सुरज भन्छन् " डेढ महिना अगाडि चिकित्सकको लापरबाहीले आमाको मृत्यु पछि दाईले नै हामीलाई रेखदेख देखि घरको सबै खर्चा उठाएको थियो। घरको आर्थिक अवस्था एकदमै कमजोर भएकोले पढाई छाडेर दैनिक श्रम गर्न कुखुरा फार्ममा जान्थे । तर असोज १५ गते बुधबार बिहान दाई शंकास्पद अवस्थामा झुण्डिएको फेला परे ।
दाई प्रेम सम्बन्ध रहेको र त्यसै कारण उनलाई ती युवतीले हत्या गरेर झुण्डाईएको हुन सक्ने शंका रहेको बताए।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर का अनुसार "घटनाको विषयमा थप अनुसन्धान भइराखेको छ । मृतक को पोष्टमार्टम भएको तर रिपोर्ट आउन बाँकी रहेको हुँदा यस विषयमा थप भन्न नसकिने बताए।
डेढ महिना अगाडि रामकुमारले श्रीमती गुमाएको थियो?
गत भदौ महिनाको ४ गते रमदैयास्थित जानकी मेडिकल कलेजमा चिकित्सकको लापरबाही का कारण रामकुमार महतो को श्रिमती शान्तिदेवी महतोको मुत्यु भएको थियो। शान्ति देवी महतोको निधन पछि अस्पाताल परिसरमा तनावग्रस्त सहित तोडफोड समेत भएका थिए।
मृतक राहुलका बुवा रामकुमार महतोका अनुसार "श्रीमतीको मृत्यु डाक्टरहरुकै लापरबाहीले हुँदा पनि आफुहरु क्षतिपूर्ति नपाएको र अहिले छोरा निधन भएको खबरले मर्माहित बनाएको छ। घरमा ४ जनाको सदस्य रहेको र उनीहरुलाई कसरी पालनपोषण गर्ने समस्या थप चुलिएको छ। घरखर्च चलाउन गाह्रो भईरहेको हुनाले आफुलाई सहयोग गरिदिन आग्रह समेत गरे ।
चालक पेसामा आबद्ध रहेका रामकुमार अहिले शोकमा डुबेको छ। घरको सहारा बनेका राहुलको अल्पायुमै मृत्युले घरमा बज्रपात परेको छ। नहुनु पर्ने घटना घट्यो। घरपरिवार चलाउन समेत गार्हो भएको छ। स्थानीय हिमालय युवा क्लव नक्टाझिजले आर्थिक सहयोग बापत रकम संकलन गर्ने जारी रहेको र त्यसमा ईच्छुक व्यक्तिले सहयोग गरिदिन क्लबका अध्यक्ष विजय सिंहले आग्रह गरे।
ईच्छुक व्यक्तिले सहयोग गर्न तलको ई-सेवा क्युआर कोर्ड प्रयोग गर्न अनुरोध गरिन्छ।
विजय सिंह _ हिमालय युवा क्लव नक्टाझिज अध्यक्ष।





