रतौली युवा क्लव को आयोजना तथा सार्क विकास कोष ९क्म्ँ० र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुका लागि समावेशी शिक्षा, साक्षरता तथा गणितीय सिप सम्बन्धी तालिम सम्पन्न भएको छ ।
दुई समूहमा बिभाजन गरी सञ्चालन गरिएको तालिम महोत्तरी जिल्लाका मनरा शिस्वा र बलवा नगरपालिकाका ५२ जना बालविकास केन्द्रका महिला शिक्षकहरुको सहभागीता सञ्चालन गरिएको थियो । महोत्तरीको बर्दिबासमा असोज २५ देखि ३१ गते सम्म सञ्चालन भएको तालिमको सहजीकरण सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्रकी अनिता तामाङ् र झला कुमारी कार्कीले गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा मनरा सिश्व नगरपालिकाका शिक्षा अधिकृत जय शंकर मण्डलले तालिम प्राप्त बालविकास केन्द्रका शिक्षकहरुले बालविकास केन्द्रमा सहजताका साथ सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुने अपेक्षा राखेको बताउनु भयो । सेभ द चिल्ड्रेनका निमित्त कार्यलय प्रमुख रचना थापाले हरेक व्यक्तिको शैक्षिक सफलतामा बालविकास केन्द्रको महत्वपूर्ण भूमिका हुने भएकोले गुणस्तरीय सिकाइ क्रियाकलाप आवश्यक रहेको बताउनु भयो ।
तालिम सहजकर्ता अनिता शर्माका अनुसार प्रारम्भिक तहका बालबालिकाको विकास र सिकाइका लागि खेल, गीत, कथा तथा कलात्मक गतिविधिबाट कक्षाकोठामा चलाउनका लागि बालविकास केन्द्रका शिक्षकहरुलाई सिकाइएको बताउनु भयो ।
तालिमका सहभागी शिक्षक रजनी साहका अनुसार तालिममा प्रारम्भिक बालविकास केन्द्रमा रमाइलो वातावरण निर्माण गरी सिकाइ क्रियाकलाप गर्ने सिप तथा कला सिक्ने अवसर पाएको बताउनु भयो । साहले समावेशी सिकाइ सामग्रीहरु सहित बालबालिकाको सिकाइ तथा विकासका लागि गीत कबिता, कथा तथा अभिनयको माध्यबाट क्रियाकलाप गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । अर्का सहभागी मञ्जु शर्माका अनुसार तालिम पश्चात फरक भाषा बोल्ने, अपाङ्गता भएका तथा सिकाइ चुनौती भएका बालबालिकाको आवश्यकता सम्बोधन हुने गरी शिक्षण क्रियाकलाप गर्नुपर्ने ज्ञान भएको छ । “बालविकास केन्द्रको दैनिक कार्यतालिका अनुसार सबै बालबालिकाले सिक्ने गरी क्रियाकलाप गर्ने प्रयास गर्छु” शर्माले थप्नु भयो । बलवा नगरपालिका बालविकास केन्द्रका महिला शिक्षक बिवाह महतोले बालविकास केन्द्रमा सञ्चालन गर्नुपर्ने सिकाइ क्रियाकलापहरुको बारेमा सिक्न पाएको बताउनु भयो ।

तालिम समापन कार्यक्रममा मनरा सिस्वा नगरपालिका महिला बालबालिका शाखा प्रमुख गोमा काफ्ले, सेभ द चिल्ड्रेनका प्राविधिक व्यवस्थापक नरमाया थापा, पुष्कर काफ्ले, देबेन्द्र यादव, झम्केश्वर ओला लगायतले बालविकास केन्द्र परियोजना व्यवस्थापक पुष्कर काफ्ले, झम्केश्वर ओझा रतौली युवा क्लवका परियोजना संयोजक सुनिल कुमार चौधरी लगायतले तालिममका सिकेको ज्ञान तथा सिपलाई व्यवहारमा उतार्न सुझाउँदै मन्तब्य राख्नु भएको थियो ।
तालिम सहभागीहरुले आफ्नो बालविकास केन्द्रमा कम्तिमा ६ सिकाइ क्षेत्र स्थापना गरी दैनिक कार्यतालिका अनुसार सिकाइ क्रियाकलाप गर्ने, समावेशी सिकाइ वातावरण निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । रतौली युवा क्लव ९च्बतबगष् िथ्गदब ऋगिद० महोत्तरीले सार्क विकास कोष ९क्म्ँ० र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा महोत्तरी जिल्लाको मनरा शिस्व र बलवा नगरपालिकाका साथै पिपरा गाउँपालिकामा बालविकास परियोजना सञ्चालन गरिरहेको छ ।
परियोजनाले प्रारम्भिक बाल विकासको सुधारमा केन्द्रित कक्षाकोठा निर्माण तथा जीर्णोद्धार, सुरक्षित एवं पहुँचयोग्य सिकाइ वातावरण निर्माणका लागि खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारहरुको स्तरोन्नति, बालबालिकाको घरमा पठन तथा सिकाइ सामग्रीहरु सहितको सिकाइ वातावरण निर्माणका लागि अभिभावक शिक्षा, अपाङ्गता पहिचान परीषण तथा अपाङ्गता पहिचान भएका बालबालिकाका लागि उनीहरुको आवश्यकता अनुसार सहायक उपकरणहरुको व्यवस्था गर्ने सेभ द चिल्ड्रेनले जनाएको छ ।




