बर्दिवास युथ क्लवले हरेक बर्ष गर्दै आएको स्लो बाइक रेस प्रतियोगितालाई यसपाली पनि निरन्तरता दिएको छ ।
बिस्तारै हाक्नुस, लामो समय जिउनुस भन्ने मुल नाराका साथ कात्तिक ४ गते क्लवले छैठौ प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा प्रथम, द्वितीय र तेश्रो हुने प्रतियोगीलाई क्रमशः २२ हजार २ सय ५०, ११ हजार १ सय ५० र ५ हजार ५ सय ५५ रुपैयाँ पुरुस्कार रहेको कलवका अध्यक्ष सुरज खडकाले जानकारी दिए ।
लक्ष्मीपुजाको भाेली पल्ट ९ बजेबाट सुरु हुने प्रतियोगितामा झन्डै १५० प्रतियोगी सहभागी हुने आयोजक पक्षले लक्ष्य लिएको छ ।
कार्यक्रमको खर्चको व्यवस्थापन भने नगरपालिकाले नै गरेको क्लवले जनाएको छ । तृतीय पुरुस्कारमा मात्र सनसाईन बोर्डिङ्ग स्कुल गौरिडाडाले प्रायोजन गरेको आयोजक पक्षले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ट्राफिक प्रहरीले निर्धारण गरेको नियमहरुको पालना गर्नुपर्ने छ । सवैभन्दा बिस्तारै हाक्ने प्रतियोगी प्रतियोगिताको उत्कृष्ट घोषणा हुनेछन ।




