जनकपुर - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ का लागि एक्सन अभिनेता निखिल उप्रेतीलाई जनकपुर बोल्ट्स टिमले सद्भावना दूत नियुक्त गरेको छ।
‘एक्सन, एडभेन्चर र च्याम्पियन’को भावना बोकेको जनकपुर बोल्ट्सले निखिल उप्रेतीको आगमनसँगै टिममा थप उत्साह र उर्जा थपिएको बताएको छ।
‘सिल्भर स्क्रिनको थन्डरबाट जनकपुर बोल्ट्सको गर्जनसम्म, एक्सन लिजेन्ड आफैं हाम्रो आँधीमा सामेल हुनुभएको छ,’ टिमले एक विज्ञप्ति जारी गर्दै भनेको छ।
अभिनेता उप्रेतीको अदम्य ऊर्जा, क्रिकेटप्रतिको लगाव र मधेसप्रतिको प्रेमले जनकपुर बोल्ट्सको शक्ति र भावनालाई पूर्ण रूपमा मूर्त रूप दिएको टिमले उल्लेख गरेको छ।




