सुजाता राई
विराटनगर। नेत्र खतिवडाको मुक्तकसङ्ग्रह "ढुङ्गो फुलेपछि" लोकार्पण भएको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरको विष्णुमाया पुस्तकालयमा मंगलबारआयोजना गरेको कार्यक्रममा खतिवडाको कृति लोकार्पण भएको हो।
कार्यक्रमका प्रमुख अतिथि- प्राज्ञ विवश पोखरेलले मुक्तक वाचन गरेर उद्घाटन भएको कार्यक्रममा विशिष्ट अतिथि- बलराम पोखरेल, कविराज न्यौपाने, नगेन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, भूषण ढुङ्गेल, उमेश लुइटेल, प्रयाग न्यौपाने, सुरेन्द्रकुमार शाह, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन्।
समिक्षक भूषण ढुंगेल र उमेश लुइटेलले मुक्तकका बारेमा आआफ्नो समीक्षात्मक धारणा राखेका थिए।

समीक्षक लुइटेलले कृतिमा उपयुक्त बिम्ब संयोजन भएको बताए भने प्रमुख अतिथि प्राज्ञ पोखरेलले मानवीय संवेदनायुक्त यो कृतिले समाज र वर्तमान समय बोलेको धारणा राखे। आयोजक संस्थाका अध्यक्ष- पोखरेलले भविष्यको उज्यालो आशाले जीवनलाई सार्थक बनाउछ भन्ने विचार राख्दै सबैलाई धन्यवाद दिएका थिए।

मुक्तककारहरु नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा र प्रज्ञा कट्टेलले कृती भित्रबाट २/२ वटा मुक्तक वाचन गरेका थिए।
खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्ण प्रसाद भण्डारी मार्सेली, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, मेदिनी शर्मा, देवी पन्थी, डमरु बल्लभ भण्डारी, हरिहर भण्डारी, राजेन्द्र गुरागाईं, दिङ्लाली कन्छो, निर्मला कोइराला, चिरञ्जीवी काफ्ले, स्वर संगीतका अध्यक्ष कुशेश्वर राई, नोबेल साकोसकी अध्यक्ष मन्जु दाहाल, सृजना इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, सप्तरंगी साहित्य समाज नेपालका अध्यक्ष रमेन्द्र कोइराला, केशु विरही, डोमि कामत, हरिप्रसाद बराल, चुडामणि अकिन्चन, भीम कोइराला, नवराज नवशिला,प्रमोद ढकाल ,लक्ष्मी पोखरेल , जमुना पौडेल ,अम्बिका खरेल ,नानुमैया दाहाल, पुष्पा सायरा, शारदा कार्की लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
लेखक खतिवडाको मुक्तक संग्रह ‘ढुंङ्गो फुलेपछि’ मा समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन्।
कार्यक्रममा लेखकका बुवा–आमा र श्रीमती अनु न्यौपानेसंगै परिवारका अन्य सदस्य समेतको उपस्थितिले हौसला दिनु भनेको एउटा लेखकको हिम्मत र प्रगति हुनु हो।
कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी रायमाझीले राखेकी थिइन् भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले गरेका थिए। वरिष्ठ साहित्यकारहरुको बाक्लो उपस्तिथिले विष्णुमाया पुस्तकालयको सभाहल भरिएको थियो। प्रतिष्ठानले मुक्तक लेख्न चाहना राख्ने लेखकलाई चाँडै नै प्रशिक्षणको समेत कार्यक्रम राख्ने योजनामा रहेको प्रतिष्ठानका सचीव मदन भण्डारीले जानकारी दिएका छन्।





