सांकेतिरक तस्बिर
महोत्तरी – महोत्तरी जिल्लाको औरही नगरपालिकामा मंगलबार राति एक महिलामाथि छुरा प्रहार गरि हत्या प्रयास भएको छ।
औरही नगरपालिका–१, औरही बजारकी ४२ वर्षीया सरस्वती देवी मण्डलमाथि सोही स्थानका एक युवाले घरभित्र पसेर छुरा प्रहार गरेका हुन्।



घटनामा गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि बर्दिवासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
छुरा प्रहार गरेको आरोपमा सोही स्थानका करिब २६ वर्षीय राकेश चौधरीलाई प्रहरीले घटनापछि खोजी गरी राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।




