जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कार्तिक ३० गते छलफल गर्ने भएको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुख्यमन्त्री यादवविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।



सर्वोच्चले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजातलगायतका विवरण आगामी आइतबारको सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।




