बर्दिवास-८ का जासर महतो त्यति हिडडुल गर्न सक्दैनन । उनी साईकलमा बिस्तारै सोनपापडी लिएर गाँउमा कपाल खोज्न हिडछन् । दिनभरी त्यही बेचेर कमाएको पैसाले बर्षौदेखि ५ जनाको परिवारको जीविकोपार्जनको आधार बनेको छ ।
उन्की श्रीमती पनि आँखा देख्दिनन । उनीहरुका दुई छोरा र एक छोरी छन् । फाईदा भएको पैसाले जीविकोपार्जनमा नै खर्चिएका महतोले यो बर्षबाट भने व्यापार बिस्तार गरेका छन् । आड्रा नेपालको आर्थिक सहयोग र समृद्व नेपाल बर्दिवासको सहजीकरणमा महतोले एउटा मेसिन किनेका छन्, राम्रो साईकल पनि किनेका छन् ।



समृद्व नेपालले सारिरिकरुपमा अपांग भएकाहरुका लागि व्यावसायिक योजना बनाएपछि आजभोली महतोको व्यापारमा औसत वृद्वि मात्र भएको छैन साईकल व्यापारलाई सहज र दायरा ठुलो बनाएका छन् ।
‘समृद्व नेपालले २० हजार आर्थिक सहयोग गरेपछि दैनिक १ हजार रुपैयाको ब्यापार गर्थे तर आजकाल दैनिक २ हजारसम्म ब्यापार गर्ने गरेको छु ।’ महतोले भने । ‘संस्थाले हामीजस्ताको लागि अझ राम्रो योजना ल्याईदिए पछुतो गर्ने अवस्था रहदैन्थ्यो ।’
एउटा साईकल किन्न नसकेको नै कारणले महतोको छोरीले पढाई नै छाडिन । गाँउको नै राष्ट्रिय माध्यामिक विद्यालय हात्तीलेटमा अध्यन गर्दागर्दै उन्ले पढाई छादनुको एउटी कारण बन्यो साईकल ।
‘गाँउघरका छोरीहरु सवै साईकल लिएर पढ्न जान्थे । त्यही भएर मलाई पनि छोरीले निक्कै जिद्दी गरि तर पैसा नभएको कारणले किनेर ल्याउन सकिन ।’ महतोले भने । ‘मैले त्यही पुरानो साईकल चढेर उनीहरुलाई हातमुख जोडने बनाउन नै ठिक हुन्थ्यो अनि नयाँ साइकल किनेर ल्याईदिन सक्ने अवस्था नै थिएँन ।’
तर थोरै पैसाले धेरै गर्न सकिने रहेछ भन्ने २० हजारबाट पाठ सिकेको महतो बताउछन । व्यवसायिक योजना बनाएर काम गर्नेपर्ने जुन बाध्यता सिर्जना गरिएको बताउदै महतो अपांगहरुको लागि आत्मवल बढाउने काम भएको बताए ।
जासर र कोशीला जस्तै बर्दिवासमा मात्र ३५ जना भन्दा बढी स्वरोजगार बनेका छन् । उनीहरु आयआर्जनमा जोडिनका लागि बाख्रापालन देखि चटपटे पशल समेत संचालन गरेका छन् ।




