प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बिहीबारदेखि शुरु हुने साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि साताव्यापी रूपमा महोत्सव आयोजना हुँदै आएको छ भने जानकी मन्दिरलाई दुलही झैँ सिंगारिएको छ । जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनासम्म मन्दिर व्यवस्थापनले साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तयारी भएको छ ।
साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहीबार जनकपुरधाम नगरदर्शन, शुक्रबार फूलवारी लिला, शनिबार धनुषा यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयंबर तथा शुभ विवाह र बुधबार रामकलेवा हुँदै समापन हुने कार्यक्रम तालिका जानकी मन्दिरले सार्वजनिक गरेको छ ।
भारतको विभिन्न स्थानबाट परम्परागत रुपमै ठूलो संख्यामा भक्तजन आउने गरेको छ ।




