ढल्केवर- धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरस्थित ऋध्दि सिध्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको
१८औ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
ऋध्दि सिध्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढल्केवर धनुषाका अध्यक्ष राजलाल महतोको अध्यक्षता तथा मधेस प्रदेश सभाका प्रदेश सासंद हरिनारायण महतोको प्रमुख आतिथ्यतामा सहकारीको प्राङ्गणमा भव्यताका साथ शनिबार साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभाका प्रदेश सांसद एवम् मधेस प्रदेश नेकपा एमाले का प्रमुख सचेतक समेत रहेका हरिनारायण महतोले उक्त सहकारी संस्था लिमिटेड को उन्नति प्रगतिका लागि शुभकामना दिएका थिए। उनका अनुसार गरिबि न्यूनिकरणमा सहकारीको उल्लेखनिय भुमिका निर्वाह गरेको र यस क्षेत्रमा ऋद्धि सिद्धि सहकारीले ग्राहकहरुको मन जित्ने काम गरेको हुनाले सम्मानको भागिदार रहेको बताउनुभएको थियो ।
साधारण सभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष राजलाल महतोले आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पुजीको व्यवस्था मिलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ ।अध्यक्ष महतोले छरिएर रहेको पुँजीलाई संकलन गरी उत्पादनशील र व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएको बताए ।
सो अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट दैनिक, उत्कृष्ट मासिक, उत्कृष्ट बचत र उत्कृष्ट ऋणी गरी २४ जनालाई ईलेक्ट्रिक जग र गम्छाले सम्मान गरिएको थियो ।
कार्यक्रमक्रममा मिथिला नगरपालिका का कार्यवाहक नगरप्रमुख जोगी महतो,मिथिला नगरपालिका की उपमेयर सुनिता सिंह बुढाथोकी, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव उमेश दहाल , प्रदेश रजिष्ट्रार कार्यलयका प्रदेश रजिष्ट्रार रुपेश साह,
मिथिला नगरपालिका वार्ड नं - ५ का वाडा अध्यक्ष रामचन्द्र महतो, वार्ड नं -६ का वार्ड अध्यक्ष नन्दकिशोर यादव, वार्ड नं- ७ का वाडा अध्यक्ष रामबहादुर स्याङदान,मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड का सिइओ, मिथिला उधोग बाणिज्य संघ का अध्यक्ष तेजनारायण साह, प्रहरी, पत्रकार र सेयर धनीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको उद्घोषण तथा सञ्चालन शिक्षक गणेश घिमिरेले गर्नुभएको थियो ।





