धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ३ मा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
शनिवार आयोजना पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरूलाई पार्टीको केन्द्रीय प्रवक्ता मनिष झा ले टिका माला लगाइ पार्टी प्रवेश गराएका छन् ।
सो अवसरमा रास्वपाको बटेश्वर गाउँपालिका वडा नं ३ मा राजदेव महतो को अध्यक्षतामा ११ सदस्यीय वडा समिति समेत गठन गरिएको गापा संयोजक मदन बि क ले जानकारी दिए ।





