जीवनराज दाहाल (बर्दिवास)।
बर्दिवास–१४ मा एकीकृत नमुना मुसहर बस्ती बर्दिवास–१४ को सहयोगार्थ 'गौतम होटल शिक्षा अक्षय कोष' स्थापना गरिएको छ। आफ्नो ५०औँ जन्मदिनको अवसर पारेर समाजसेवी हिरा गौतमले उक्त अक्षय कोषको रकम हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको हो ।
"तपाईं हाम्रो अभियान शिक्षामा योगदान" भन्ने मूल नारासहित आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालीन सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको आयोजकले जनाएको छ । गौतम होटलको पहलमा स्थापना गरिएको उक्त कोषबाट बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालकाको शिक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूले हिरा गौतमलाई ५०औँ जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै यस्ता पहलले पछाडि पारिएका समुदायका बालबालिकालाई उज्यालो भविष्यतर्फ डोर्याउने बताएका थिए ।




