मधेश प्रदेशका नवनिर्वाचित सभामुख राम अशिष यादवले पद तथा गोपणियताको सपथ लिएका छन् ।
आईतबार साँझ मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सभामुख यादवलाई सपथ ग्रहण गराएका छन् ।
सभामुख यादव राजनीतिमा आउनु अघि पत्रकारको पेशमा रहेका थिए भने त्यस अघि उहाँ शिक्षक थिए । यादव सरसफाई अभियानीको रुपमा पनि परिचित छन् ।




