महोत्तरी - महोत्तरी जिल्लाको गौशालामा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) ले विशेष पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ।
रा.स्व.पा. गौशालाको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा पार्टीका प्रवक्ता माननीय मनिष झा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
आगामी २०८२ साल पौष २६ गते शनिवार, बिहान १०:०० बजे,गौशाला नगरपालिका–५ स्थित घैला बजारमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न चाहने दिदीबहिनी तथा दाजुभाइहरूलाई विशेष स्वागत गरिनेछ।
कार्यक्रममा पार्टीका स्थानीय नेता,कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो कार्यक्रमले गौशालामा नयाँ राजनीतिक चेतना,सुशासन र परिवर्तनको यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
नगर सभापति ज्ञानेन्द्र प्रसाद गुप्ता ले सबै परिवर्तनप्रेमी नागरिकलाई कार्यक्रममा उपस्थित भई नयाँ राजनीतिका लागि एकजुट हुन आग्रह गर्नुभएको छ।परिवर्तनको यात्रामा सहभागी बनौं,नयाँ राजनीतिक संस्कृतिको निर्माण गरौं,उहाँको भनाइ रहेको छ।




