
महोत्तरी-चितवनमा आज दिउसो भएको बस र माईक्रोवस दुर्घटनामा बर्दिबासकी चेली २७ वर्षिय रेणुका कडेलको समेत निधन भएको छ ।
बर्दिबास नगरपालिका वडा नंं. १ मालपोत चौक माईति रहेकी रेणुकाको गर्भवति जाचँको लागि हेटौडा उपमाहानागरपालिका १७, पिप्लेवाट ईभिगाडिमा चितवन जादै गरेको अवस्थामा श्रीमान ३५ वर्षिय सरोज पहाडि तथा शासु ५३ वर्षिया मैयाकुमारी न्यौपाने तथा पेटको वच्चा समेतको मृत्यु भएको छ । ठुली छोरी ३ वर्षकी रहेको रेणुको अर्को वच्चा हुने क्रममा यो भयानक दुर्घटनामा परेकी हुन् ।
बर्दिबासकी चेलीको दुखद निधनले उनको परीवार तथा आफन्त लगाएत छरछिमेक भाव विह्वल भएका छन् । ५ वर्ष पहिले विवाह भएको उनको सालिन, भद्र, हसीलि स्वाभाव वर्र्दिवासवासिलाई सधैनै सम्झाई रहने छ ।